२५ बैशाख २०८१, मंगलबार

विश्वकप फुटबल : मेक्सिकोसँग दक्षिण कोरिया स्तब्ध


Mexico vs Korea

१० असार, काठमाडौं ।  विश्वकप फुटबलमा एसियाली देश दक्षिण कोरिया लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा स्वीडेनसँग १-० ले पराजित दक्षिण कोरिया शनिबार भएको दोस्रो खेलमा मेक्सिकोसँग २-१ ले पराजित भएको छ ।

केही राम्रा अवसर सिर्जना गरेपनि दक्षिण कोरियाले तिनालाई गोलमा परिणत गर्न नसक्दा हार्न पुगेको हो ।  पहिलो खेलमा डिफेन्डिङ विश्वकप विजेता जर्मनीलाई पराजित गरेको मेक्सिकोका लागि कार्लोस भिल्लाले २६ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । उक्त अग्रतालाई जाभियर हर्नान्डेजले ६६औँ मिनेटमा दोब्बर बनाए ।

दक्षिण कोरियाका लागि सान्तावना गोल सोन हेउनमिनले गरेका थिए । उनले थपिएको समयको तेस्रो मिनेटमा सुन्दर गोल गरेका थिए। तर कोरियालाई खेलमा राखिराख्न उक्त गोल प्रयाप्त भएन ।  यो विजयसँगै मेक्सिकोको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बढेको छ भने दक्षिण कोरिया समूहचरणबाटै बाहिरिने सम्भावना बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !