२६ बैशाख २०८१, बुधबार

जर्मनीको जितसँगै समूह एफको समिकरण रोचक


Germany

 

१० असार, काठमाडौं । विश्वकप २०१८ को समूह एफको आफ्नो दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै नकआउट चरणमा जाने सम्भावना जिवितै राखेको छ । निर्धारित समय सकिएपछि थपिएको ५ मिनेटको पाँचौ मिनेटमा जर्मनीले गोल गर्दै स्वीडेनलाई पराजित गरेको हो।

खेलमा अग्रता भने स्विडेनले ३८ औ मिनेटमा ओला तोइभोनेनको गोलमा ३८ औं मिनेटमा लिएको थियो । ४८ औँ मिनेटमा जर्मनीका रुइसले बराबरी गोल फर्काएका थिए ।

यो नतिजासँगै समूह एफको समिकरण रोचक बनेको छ । मेक्सिको ६ अंक सहित शीर्ष स्थानमा छ भने, जर्मनी र स्विडेनको समान ३–३ अंक छ । समूहको अन्तिम खेल नसकिँदासम्म अघिल्लो चरण पुग्ने टोलीको टुंगो नलाग्ने भएको हो ।

मेक्सिकोले स्विडेनसंग बराबरी मात्र खेलेपनि अघिल्लो चरण पुग्नेछ तर स्विडेन विजयी भए र अर्को खेलमा जर्मनीले कोरियालाई हराए गोल अन्तरका आधारमा अर्को चरण पुग्ने २ टोलीको छिनोफानो हुनेछ । जर्मनीलाई कोरियाले हराएको अवस्थामा भने स्विडेनले मेक्सिकोलाई हराएपनि मेक्सिको अन्तिम १६ मा पुग्नेछ ।

यस्तै, कोरियाले जर्मनीलाई हराए र मेक्सिकोले स्विडेनलाई हराए कोरिया पनि अर्को चरणमा पुग्ने छ । तर यसका लागि कोरियाले जर्मनीलाई फराकिलो गोल अन्तरले हराउनुपर्छ भने मेक्सिकोले पनि स्विडेनलाई फराकिलै अन्तरले हराउनुपर्नेछ ।

समूहको अन्तिम खेलमा मेक्सिकोले स्वीडेनसँग र जर्मनीले दक्षिण कोरियासँग खेल्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !