२५ बैशाख २०८१, मंगलबार

ट्युनिसियामाथि बेल्जियमको ५-२ काे शानदार जित


belgium match

१० असार, काठमाडौं ।  विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसयालाई ५–२ ले हराएको छ । शनिबारको पहिलो खेलमा बेल्जियमलाई शानदार जित दिलाउन राेमेलु लुकाकु र कप्तान इडेन हाजार्डले दुई-दुई तथा मिचि बात्सुवाईले एक गोल गरे ।

खेलको छैठाैं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

१६ औं मिनेटमा राेमेलु लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।

तर, त्यसको २ मिनेट नबित्दै ट्युनिसियाका ब्रोनले गोल गर्दै गोल अन्तर २–१ को अवस्थामा पुर् । पहिलो हाफमा थप गरिएको समयमा लुकाकुले गोल थप्दै बेल्जियमलाई ३–१ ले अघि बढाए ।

दोश्रो हाफमा बेल्जियमले फेरि २ गोल र ट्युनिसियाले पनि एक गोल थपे । ५१ औ मिनेटमा हाजार्डले गोल गर्दै टिमका लागि गोल संख्या ४ पुर्याए भने खेलको ९० औ मिनेटमा बेल्जियमका मिचि बात्सुवाईले अर्को गोल थपे । खेलको अन्तिम समयमा खाज्रीले १ गोल थपे ।

जितसंगै बेल्जियमले ६ अंक बनाउँदै नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !