४ जेष्ठ २०८१, शुक्रबार

नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता


Madavkumar Nepal-Narayankaji Stha

२९ जेठ, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।

ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज नेशनल स्कूलको अध्ययन भ्रमणमा जानुभएका नेता नेपालले त्यहाँ माक्र्सवाद र जनवादसम्बन्धी प्रवचन दिनुभएको थियो ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले नेपालमा वामपन्थीको एकताप्रति अन्तर्राष्ट्रिय समुदायले खुशी व्यक्त गरेको जानकारी दिनुभयो । ब्राजिलमा रहँदा उहाँहरुले ब्राजिलियन वर्कस पार्टीका नेता तथा सो पार्टी सम्बद्ध बुद्धिजीवीसँग दुई पार्टीबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !