१५ बैशाख २०८१, शनिबार

नेपालगञ्जबाट काठमाडौं उडेको श्रीएयरको विमान झापाको चन्द्रगढीमा अवतरण


श्री एयरलाइन्स

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंको लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज शुक्रबार बिहान करिब ७:३० बजे नेपालगञ्जबाट काठमाडौंको लागि उडेको श्री एयरलाइन्सको क्यू-४०० विमान भिजिबिलिटी निकै कम भएकोले काठमाडौंमा बस्न नसकेर ९:६ बजे झापाको चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

मौसममा सुधार आएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । आज बिहानदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलसँगै धेरै आन्तरिक विमानस्थलको उडान प्रभावित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !