११ जेष्ठ २०८१, शुक्रबार

स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा सन्दीप


sandip lamichhane

३१ वैशाख, काठमाण्डौ । पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका क्रिकेटर सन्दीप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् ।

सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा लामिछाने पनि परेका छन् ।

उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की पनि मनोनयनमा परेका छन् ।

साथै उत्कृष्ट महिला खेलाडीमा बक्सिङकी विमला श्रेष्ठ, ब्याडमिन्टनवाट शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलवाट सावित्रा भण्डारी र टेबलटेनिसवाट नविता श्रेष्ठ परेका छन् ।

उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर, क्रिकेटवाटै दीपेन्द्र सिंह ऐरी, फुटबलवाट दिनेश हेम्जन, जुडोवाट मनिता श्रेष्ठ प्रधान, बक्सिकबाट पुनम रावल मनोनयनमा परेका छन् ।

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटा, क्रिकेटवाटै बिनोद दास, फुटबल प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !