२५ बैशाख २०८१, मंगलबार

चिनियाँ इकमर्स कम्पनी अलिबाबा नेपाल प्रवेश


Alibaba

२६ वैशाख, काठमाण्डौ । चीनकै ठूलो इकमर्स कम्पनी अलिबाबाले दक्षिण एशियाको ठूलो इकमर्स प्लेटफर्म दराजलाई खरीद गरेको छ ।

दराज संचालन गर्ने रकेट इन्टरनेटको सबै स्वामित्व खरीदसँगै अब अलिबाबाले औपचारिक रुपमा नेपाल प्रवेश गरेको हो ।

दराज खरीद गरेसँगै अलिबाबाले नेपाल लगायत दक्षिण एशियाको इकमर्स बजारमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २०१२ मा पाकिस्तानमा स्थापना भएको दराज ग्रुपले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमार लगायतका देशहरुमा इकमर्स सेवा दिँदै आएको छ ।

समाचारमा जनाइएअनुसार यी देशमा अलिबाबाले दराजकै ब्राण्डमा आफ्नो सेवा बिस्तार गर्नेछ । दराजको खरीदसँगै अलीबाबाले दक्षिण एशियाका करिब ४६ करोड मानिसबीचमा आफ्नो व्यापार सञ्जाल बिस्तार गर्ने सुनौलो अवसर पाएको विश्लेषकहरुले बताएका छन् ।

अलिबाबाले दराजलाई कति रकममा किनेको हो भन्ने बिषयमा भने कुनै कुरा पनि बाहिर ल्याइएको छैन ।

नेपालमा अनलाइन सपिङको बिजिनेशले बिस्तारै फैलने वातावरण खोजिरहेको छ । अधिकांश नेपालीमा अनलाइन सपिङको बिषयमा खासै ज्ञान छैन । यस्तो अवस्थामा अलिबाबाको दराजकै ब्राण्डमार्फत नेपालमा भएको प्रवेशले नेपालकै इकमर्स क्षेत्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !