२६ बैशाख २०८१, बुधबार

यात्रुवाहक बसमा बम प्रहार


२२ वैशाख, दाङ । काठमाण्डौबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुवाहक बसमा बम प्रहार गरिएको छ ।

मालिका कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको बसमा शनिबार बिहान बम प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोख्रेलले जानकारी दिनुभयो ।

पोख्रेलका अनुसार कपिलवस्तुको ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैं भन्ने ठाउँमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् ।

बम प्रहारबाट गाडीमा आगो सल्किँदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएकाले क्षति हुनबाट बचेको अध्यक्ष अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी अहिले गोरुसिंगेमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !