२० बैशाख २०८१, बिहिबार

कृषि विकास बैंक आम्दानीमा ह्रास


ADBL

१४ वैशाख, काठमाण्डौ । चुक्ता पूँजीका आधरमा देशकै सबैभन्दा ठूलो क वर्गको वाणिज्य बैंक कृषि विकास बैंक हो । १३ अर्ब  ९३ करोड ७९ लाख २८ हजार चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी कति होला सबैको चासोको विषय बन्न सक्छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी २४ दशमलव २ रुपैयाँ देखिएको छ । गत वर्ष २४ दशमलव ७४ रुपैयाँ वार्षिकीकृत प्रतिशेयर आम्दानी कायम गरेको बैंकले चालू आर्थिक वर्षको पहिलो नौ महिनामा सो सूचकमा केही कमी आएको हो ।

समग्रमा बैंकको वित्तीय तुलनात्मक रुपमा कमजोर हुँदै गएको वित्तीय प्रतिवेदनले उल्लेख गरेको छ । बैंकमा खराब कर्जा अुनपात बढ्दै गएको छ भने सञ्चालन मुनाफा र खुद आम्दानी कमजोर बन्दै गएको देखिएको छ । तर गैर सञ्चालन मुनाफा बढेकाले बैंकको नाफामा भने सुधार आएको देखिएको छ ।

समीक्षा अवधिमा बैकले १ अर्ब ८७ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको थियो । यो गत वर्ष यही अवधिसम्म बैंकले आर्जन गरेको खुद नाफा भन्दा १३ दशमलव दशमलव ५ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानीमा भने कमी आएको छ । यस वर्ष बैंकले ४ अर्ब ३० करोड ७४ लाख ६९ हजार खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले ५ अर्ब १५ करोड १५ लाख ९० हजार खुद व्याज आम्दानी गरेको थियो ।

यसैगरी बैंकको सञ्चालन मुनाफामा समेत ब्यापक कमी आएको देखिएको छ । गत वर्ष १ अर्ब ८१ करोड सञ्चालन मुनाफा आर्जन गरेको बैंकले यसवर्ष भने ६४ करोड ७३ लाख मात्र सञ्चालन मुनाफा आर्जन गर्न सकेको छ । बैंकले गैर सञ्चालन आम्दानी उल्लेख्य वृद्धि गरेकाले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै कम गरे पनि उल्लेख्य रुपमा घाटा व्यहोर्नु परेको देखिँदैन । यस अवधिमा बैंकले ६० करोड ५२ हजार गैर सञ्चालन आम्दानी गरेको छ ।
बैंकमा खराब कर्जा अुनपात पनि क्रमशः बढ्दै गएको देखिएको छ । कुल कर्जाका तुलनामा ३ दशमलव ४९ प्रतिशत खराब कर्जा रहेको बैंकको यो सूचक गत वर्ष दशमलव ३ दशमलव ३ प्रतिशतमा रहेको थियो ।

करीव ९७ अर्ब १० करोड निक्षेप रहेको बैंकले ९४ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकको जगेडा काषमा ८ अर्ब ५० करोड बराबरको जगेडा कोष रहेको रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !