२३ बैशाख २०८१, आइतबार

दोस्रो क्वाटरफाइनल खेलमा आज झापा–११ र एपीएफ भिड्दै


Goldcup

११ वैशाख, इलाम । इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ः०० बजे बाट सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ ।

बंगलादेशको कावरान प्रगति संघलाई ३–१ ले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो भने झापा ११ सिधै वाई पाएर अघिल्लो चरणमा प्रवेश गरेको हो। यसअघि सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १–० ले पराजित गर्दै मनाङ मर्स्याङदी सेमिफाइनलमा प्रवेश गरेको छ।

वैशाख १७ गतेसम्म संचालन हुने प्रतियोगितामा ३ विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एफिएफ क्लब, मनाङ मर्स्याङ्दी, रमपम झापा–११, थ्रिस्टार, आयोजक माइभ्याली, पोखराको कास्की–११, संकटा क्लबसहित भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल फुटबल क्लब र बंगलादेशको कावरान प्रगति संघको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक  गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !