२५ बैशाख २०८१, मंगलबार

त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित, विमान धावनमार्गमा चिप्लियो


७ वैशाख, काठमाण्डौ । काठमाण्डौबाट मलेसियाको क्वालालम्पुर उड्न लागेको मालिन्दो एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

राति १० बजेर ७ मिनेटमा धावनमार्गको उत्तरबाट दक्षिणतर्फ गएर फेरि मोडिएर उत्तरतिर जानेबेला जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो ।

उक्त जहाजमा १३९ यात्रुहरु थिए । चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् । जहाज चिप्लिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए ।

जहाज चिप्लिएपछि अहिले सबै उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अहिले सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले जहाज हटाउने प्रयास गरिरहेका छन् ।

जहाज नहटाएसम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकिने प्रवक्ता ठाकुरले बताउनुभयो । आन्तरिक उडान भने केहीबेरमा सुरु गर्ने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !