२३ बैशाख २०८१, आइतबार

भारतीय दूतावासकाे सम्पर्क कार्यालयमा विस्फोट भएको १२ घण्टा नबित्दै फेरि अर्को बम भेटियो


४ वैशाख, मोरङ । विराटनगरमा रहेको भारतीय दूतावासकाे सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको १२ घण्टा नवित्दै राजमार्गमा फेरि अर्को बम फेला परेको छ । सम्पर्क कार्यालय लक्षित बम विस्फोट भएको १२ घण्टा नवित्दै मंगलबार बिहानै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दर हरैचाको गछियामा बम फेला परेको हो ।

घटनास्थलमा सुरक्षाकर्मी परिचालित छन् । बम डिस्पोज गर्न नेपाली सेनाको टोली त्यहाँ पुगेको छ । नेपाली सेनाको थलाहा ब्यारेकबाट फुगेको टोलीले अहिले डिस्पोजको प्रयास जारी राखेको छ । राजमार्गको पुलमा बम राखिएपछि अहिले यो क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध पारिएको छ ।

यसअघि भारतीय दूतावास सम्पर्क कार्यालयमा सोमबार साँझ बम विस्फोट भएको थियो । बम विस्फोट गर्ने मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । हुलियाका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक विसिले जानकारी दिनुभयो । तर प्रहरीले पक्राउ पर्नेहरुको विवरण खुलाएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !