१० जेष्ठ २०८१, बिहिबार

पूर्व गृहमन्त्री शर्मा बने टुहुरा बालबालिकाको अभिभावक


Janardan Sharma

४ वैशाख, रुकुम । पूर्व ऊर्जा तथा गृहमन्त्री जनार्दन शर्माले १५ जना टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले रुकुमको आठबीसकोट नगरपालिकाको राडि बजारमा रहेका टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

रुकुमबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्व मन्त्री शर्माले उनीहरुलाई विद्यालय भर्ना गर्नुकासाथै विद्यालय पोशाकसमेत प्रदान गर्नुभएको छ । स्थानीय राडि बजारमा रहेको सिस्ने हिमाल बालगृह र दिपज्योति आधारभूत विद्यालयमा १५ जना बालबालिकालाई भर्ना गर्नु्भएको हो ।

संरक्षक विहीन बालबालिकाहरु नवराज बुढा, डिल्ली बुढामगर, किरण पुनमगर, खिमा ओली, शुसिला चनारा, पूर्णिमा शाहीको अभिभावकत्व शर्माले ग्रहण गर्नुभएको हो । त्यस्तै, हाँले अभिभावकत्व ग्रहण गरेका बालबालिकामा रीता सार्की, रोशनी विक, देविका विक, जितबहादुर घर्ति, रुपा विक, बिनीता सार्की, जीवन बटाला र तिलक बटाला रहेका छन् ।

विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पूर्व मन्त्री प्रभाकरले सबैलाई आग्रह गर्नुभयो । सरकारले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने नीति लिएको भन्दै अभिभावकत्व ग्रहण गर्दै सरकारको यस अभियानलाई सफल पार्न उहाँले आग्रह गर्नुभएको छ ।

पछिल्लो समय संरक्षण विहिन बालबालिकाको संख्या बढ्दो रहेको र निजहरु शिक्षाको पहँुचमा पुग्न नसकेको भन्दै अभिभावकत्व ग्रहण गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन उहाँले अनुरोध गर्नुभयो ।

चुनावताका गरेका प्रतिबद्धता पुरा गर्ने बेला आएको र त्यही अनुसार लाग्न उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो । नेताबाटै विद्यालय भर्ना भई पढ्न पाउने भएका बालबालिकाहरु अब पढ्न पाउने आशामा खुशी देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !