१० जेष्ठ २०८१, बिहिबार

गगन थापाद्वारा कर्तव्यमा जोड दिँदै सफाइ अभियान सुरु


१ वैशाख, काठमाण्डाै । काँग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले ‘म बन्छु जिम्मेवार : कर्तव्यसँगै अधिकार अभियान सुरु गर्नुभएको छ ।

काठमाडौं – ४ का निर्वाचित सांसद रहेका थापाले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ अवधारणा सहितको अभियान सुरु गरेका हुन् । अभियानको संस्कृतिमोहन सत्यमोहन जोशीले प्रारम्भ गर्नुभयो ।

काठमाडौं – ४ को सांसदको कार्यालयले आयोजना गरेको कार्यक्रममा अभियान सुरु गर्दै जोशीले अभियान देशैभरीबाट यो अभियान सुरु गर्न आवश्यक रहेको बताउनुभयो । अधिकारको मात्र खोजी गर्नुको साटो कर्तव्यमा पनि जोड दिने अभियानको मुख्य मर्म रहेकाले यसलाई आत्मसाथ गरे देशको विकास टाढा नभएको उहाँको भनाई छ ।

२०७४ सालको बैशाख १ गते स्वास्थ्य मन्त्री भएका थापाले पाँच प्रतिबद्धता सहितको “मेरो स्वास्थ्य मेरो वर्ष” अभियान सुरु गर्नुभएको थियो । थापाले २०७५ सालको वैशाख १ गते आफ्नो निर्वाचन क्षेत्रमा नयाँ अवधारणा सहितको अभियान सुरु गर्नुभएको हो ।

कार्यक्रममा सांसद थापाले अब आफ्ना गतिविधिलाई अधिकार भन्दा कर्तव्यको दृष्टीकोणबाट हेर्नुपर्ने भएकाले यो वर्षलाई अधिकारसँगै कर्तव्यको वर्ष बनाउन आग्रह गर्नुभयो ।

थापाका अनुसार अभियान अन्तर्गत यो वर्षभरी काठमाडौं क्षेत्र नम्बर ४ मा ‘हरेक महिना एक बिहान, समुदायको लागि श्रमदान’ कार्यक्रम गरिनेछ । अभियान अन्तर्गत शनिबार ज्ञानेश्वरदेखि चावहिलसम्म सरसफाई कार्यक्रम गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !