४ जेष्ठ २०८१, शुक्रबार

सिवासी अत्तरिया डिपिएल क्रिकेटको अघिल्लो चरण प्रवेश


DPL 2

२६ चैत, धनगढी । सिवासी अत्तरिया धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको अघिल्लो चरणमा पुगेको छ ।

धनगढीमा अाइतबार भएको दोश्रो खेलमा विराटनगर किंग्स इलावेनलाई ६ विकेटले हराउँदै अत्तरिया समूह चरणमा चौथो भएर अघिल्लो चरणमा पुगेको हो । हारपछि कप्तान पारस खड्काले नेतृत्व गरेको विराटनगर किंग्स भने प्रतियोतिगाबाट बाहिरिएको छ ।

वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा जितका लागि पाएको ५६ रनको लक्ष अत्तरियले खेल सकिन २ बल बाँकी छँदा भेट्टायो । मैदान हिलो भएकै कारण आइतबारको पहिलो खेल हुन नसकेपछि काठमाडाैं गोल्डेन्स् र महेन्द्रनगर युनाइटेडले अंक बाँडेका थिए ।

यससँगै अंक तालिकाको पहिलो स्थानमा रहेको काठमाडाैंको पाँच खेलबाट ९ अंक भएको छ । महेन्द्रनगर ६ अंक सहित तेस्रो स्थानमा रह्यो । अब काठमाडाैंले पहिलो क्वालिफायरमा धनगढी टिम चौरहासँग खेल्ने छ । महेन्द्रनगर र अत्तरियाले इलिमिनेटर राउण्ड खेल्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !