२२ बैशाख २०८१, शनिबार

दोस्रो सहकारी महासम्मेलन काठमाडौंमा सुरु


२१ चैत, काठमाण्डौ । दोस्रो सहकारी महासम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । महासम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ सुरु भएको महासम्मेलन राष्ट्रिय सहकारी महासंघ नेपाल र नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले संयूक्त रुपमा आयोजना गरेका हुन् । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर महासम्मेलन आयोजना गरिएको हो । महासम्मेलन उद्घाटन समारोहमा प्रधानमन्त्री सहित अर्थमन्त्री डाक्टर युवराज खतिवडा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाललगायतले सम्बोधन गर्नुभएको छ ।

विहीबार विश्व सहकारी अभियानको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्काेले समेत विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सहकारी महासम्मेलन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपाल, भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायतका सहकारी अभियान्तासहित झण्डै १ हजार सहकारी अगुवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !