२० बैशाख २०८१, बिहिबार

संसद बैठकबाट शोक प्रस्ताव पारित


BICC

१९ चैत,काठमाण्डाै । संघीय संसद्ले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार बसेको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

२०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सांसद्मा निर्वाचित खड्काको चैत १६ गते ६७ वर्षको उमेरमा उपचारका क्रममा भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !