४ जेष्ठ २०८१, शुक्रबार

डीपीएलको पहिलो खेलमै आलमको ह्याट्रिक


१७ चैत, धनगढी । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको दाेस्राे संस्करणकाे उद्घाटन खेलमै काठमाडौँ गोल्डेन्सका बलर शाहब आलमले ह्याट्रिक गरेका छ्न ।

उनले १७ औँ ओभरको तेश्रो, चौथो र पाँचौ बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन् । पहिलो विकेटका रुपमा अर्धशतक बनाएर खेलिरहेका सुनिल धमलालाई आलमले विकेटकिपर कोल्सवालाको हातबाट क्याच गराएका थिए । धमला ६८ रनमा आउट भए ।

यस्तै दोश्रो विकेटका रुपमा आलमले टिम चौराहा धनगढीका कप्तान सोमपाल कामीलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए भने ह्याट्रिक विकेटका रुपमा सोनु तामाङलाई पनि मल्लकै हातबाट क्याच गराएका थिए ।
टस हारेर पहिले व्याटिङ गरेको टिम चौराहा धनगढीका सुनिल धमला र शंकर रानाले दोश्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । राना व्यक्तिगत २६ रनमा आउट भएका थिए । यस्तै पुनित मिश्रले भने ९ रनको योगदान दिए ।

काठमाडौँ गोल्डेन्सका शाहब आलमले ह्याट्रिक गर्दा किशोर महतो, सन्नी पटेल र रशिद खानले एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको छ । १ सय ४६ रनको लक्ष्य पछ्याउदै काठमाडौँ गोल्डेन्सले अहिले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !