१३ जेष्ठ २०८१, आइतबार

कटारी गोल्डकपमा साहारा विजयी


फुटबल

११ चैत, काठमाण्डौ ।  उदयपुरको कटारीमा शनिबारबाट सुरु भएको चौथो कटारी गोल्डकपको उद्घाटन खेलमा साहारा क्लब पोखरा विजयी भएको छ ।

घरेलु टिम कटारी ११ लाई २–० ले पछि पार्दै साहाराले आफ्नो सेमिफाइनलको यात्रा तय गरेको हो । साहाराका लागि खेलको ७ औँ र ८३ औँ मिनेटमा अजित गुरुङ्गले आकर्षक गोल गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा प्रवेश गराएका हुन् ।

निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा आयोजक टिमले गोल गर्ने पटक–पटक अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । उद्घाटन खेलको म्यान अफ् द म्याच सहाराकै गोलकर्ता अजित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबारको खेल बनेपा ब्वाइज काभ्रे र गाोर्खा ब्वाइज रुपन्देहीबीच हुनेछ ।  गोल्डकपको उद्घाटन उदयपुर प्रतिनिधि सभा २ का सांसद सुरेशकुमार राईले गर्नुभएको थियो । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख पचास हजार  नगद पुरस्कार, शिल्ड र प्रमाणत्र पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !