२५ बैशाख २०८१, मंगलबार

अनसनरत रेशम चौधरी अस्पताल भर्ना


choudhari

२५ फागुन, कैलाली । टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् ।

तीन बुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । रेशम चौधरी र विश्राम चौधरी अस्पतालमा उपचारत रहेको अस्पताल स्रोतले जानकारी दियो ।

जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर विष्टका अनुसार अनशनरत रेशम चौधरी, विश्राम चौधरी, विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको अवस्था गम्भीर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !