२४ बैशाख २०८१, सोमबार

राहत सामाग्री हस्तान्तरण


chamall

सिन्धुली । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई राहत प्याकेज हस्तान्तरण गरिएको छ । स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज हस्तान्तरण गरिएको हो ।

सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले १५१ थान राहत प्याकेज रेडक्रसका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । अभियानले जिल्लाका नागरिकका लागि जिल्लावासीबाटै सहयोग जुटाउने उद्देश्यले समाजसेवी उज्वलविक्रम थापा, अस्पताल विकास समितिका अध्यक्ष पोखरेललगायतको समूहले यो अभियानको थालनी गर्नुभएको हो ।

रेडक्रसलाई बुझाइएको राहत प्याकेजमा १० किलो चामल, दुई किलो दाल, नुन एक किलो, तेल एक लिटर र एक प्याकेट मस्यौरा रहेको अभियानका सदस्य इन्द्र भुजेलले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !