२२ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । स्रोतका अनुसार बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

डीएसपी केसीलाई २ हप्ता अगाडि संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !