२० बैशाख २०८१, बिहिबार

पाँचथरमा ट्र्याक्टर र जिप दुर्घटना हुदाँ एकको मृत्यु चार घाइते


accident

१७ फागुन, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ३ मच्छेबुङमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा अन्य चार घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम नगरपालिका ५ का १४ वर्षका सहयोग तुम्बापो रहेका छन् । ट्र्याक्टरका चालक युवराज तुम्बापो घाइते भएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

त्यस्तै पाँचथरमै भएको अर्को मेमेङवाट फिदिम आउने क्रममा को १ ज २०१७ नम्बरको जिप दुर्घटनामा दुर्घटनामा तीनजना घाइते भएका छन् ।
फिदिम नगरपालिका ९ का नरेन्द्र घिमिरे गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !