२० बैशाख २०८१, बिहिबार

पुतलीसडकको शेयर मार्केटमा आगलागी


१४ फागुन, काठमाडौं । पुतलीसडकको शेयर मार्केटमा भिषण आगलागी भएको छ ।  भवनकाे चाैथाे तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा साेमबार बिहान साढे ९ बजे आगलागी भएको हो ।

नजिकैको उपत्यका ट्राफिक कार्यालयका एक ट्राफिक अधिकारीको जानकारी अनुसार २ वटा दमकलले आगो निभाई रहेका छन्  भने थप २ वटा दमकल झिकाइएको थियो । पुतलीसडकको दुवैतर्फको सडक अवरुद्ध भएको छ । आगो सेयर मार्केट लगायत वरिपरिका ३  घरमा समेत फैलिएको छ ।

आगो काठमाडौं महानगरपालिकासँगै नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा केहीबेर पछि नै नियन्त्रणमा आएकाले ठूलाे क्षति हुनबाट जाेगिएकाे छ । प्रहरीले आगो लाग्नुको कारण र क्षतिको विवरण प्राप्त भई नसकेको जनाएको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !