२२ बैशाख २०८१, शनिबार

डढेलोबाट सात वटा मृग र रतुवा मरे


नवलपरासी, १६ वैशाख । नवलपरासीमा डढेलोका कारण सात वटा मृग र रतुवा मरेका छन् ।

करिब दुई महिनाको अवधिमा वन क्षेत्रमा डढेलोका कारण वन क्षेत्रमा रहेका ती मृग प्रजातिका मृग र रतुवा मरेको जिल्ला वन कार्यालयले जनाएकेा छ ।

यसैगरी जिल्लामा गर्मी याम सुरु भएदेखि करिब ४० हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जसबाट वन क्षेत्रमा मसिना कलिला बिरुवा, महत्वपूर्ण जटीबुटी नष्ट भएका छन् ।

कार्यालयका सहायक वन अधिकृत प्रमोद भट्टराईका अनुसार करिब दुई महिनाको अवधिमा वन क्षेत्रमा डढेलो लाग्दा सो क्षति पुगेको हो ।

विशेष गरी ज्ािल्लाको राममार्ग छेउछाउका वन क्षेत्रमा डढेलो बढी मात्रामा लागेको थियो । बढी मात्रामा राष्ट्रिय वन क्षेत्र र राममार्ग दायााबायाा डढेलो लागेको कार्यालयले जनाएको छ ।

नवलपरासीमा एक लाख २२ हजार ३६५ हेक्टर कुल वन क्षेत्र छ । जसम्ध्ये सामुदायिक वन क्षेत्र २४ हजार १४२ हेक्टर, राष्ट्रिय निकुञ्ज ११ हजार ६०७ हेक्टर र कुलियती वन एक हजार २०० हेक्टर क्षेत्रफल छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !