१४ बैशाख २०८१, शुक्रबार

पत्रकार रवि लामिछाने अर्को नयाँ कार्यक्रम लिएर चाँडै आउंदै


रबि लामिछाने

पत्रकार रवि लामिछानेले अर्को नयाँ कार्यक्रम ल्याउने भएका छन्। लामिछानेले सरकारसँग अभुतपुर्व उपलब्धिका चाङ रहेको भन्दै प्रतिपक्षीसँग सरकार इतिहासकै नालायक भएको प्रमाणका चाङ रहेको बताएका छन् ।

उनले लेखेका छन्, “सरकारसँगअभुतपुर्व उपलब्धिका चाङ छन्,प्रतिपक्षीसँग सरकार इतिहासकै नालायक भएको प्रमाणका चाङ छन्।तर जनतासँग दुख र समस्याका झन ठुला चाङ छन्।यसै बीच दैनिकी चलाउन नै धौधौ परेका आम मान्छेकालागि एउटा कार्यक्रम बनाउदैछौ।एउटा नयाँ प्रयोग..”कामका कुरा” चाँडै आउदैछ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !