८ जेष्ठ २०८१, मंगलबार

मुख्यमन्त्री पौडेलले गरे नारायणगढ–मुग्लीन सडकखण्डको निरीक्षण


po

१ फागुन, मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी काठमाण्डौ जोड्ने लाईफलाईनको रुपमा रहेको नारायणगढ–मुग्लीन सडक खण्डको निरीक्षण गरेका छन् । दिनहुँ हजारौ नागरिकले यात्रा गर्ने र सामान ढुवानी गर्ने सडकको काम छिटो सक्न निर्देशन दिदै उनले जनताको समस्या बुझेर काम गर्न आयोजनाका निमित्त प्रमुख गोबिन्द खनाललाई निर्देशन दिए ।

२ बर्षको सडक निर्माणको अवधी तोकेर काम शुरु गरेपनि बैशाखमा नै सक्नुपर्ने काम नसकेकोमा मुख्यमन्त्री पौडेलले असन्तुष्टी पोखेका थिए । आयोजनाको काम ७५ प्रतिशत मात्र सकिएको जानकारी पाएपछि उनले बाँकी काम चाडैं सक्न सहयोगका लागि आफु तयार रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !