२३ बैशाख २०८१, आइतबार

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)की एसपी नै ठगिएपछि…


सिआइबी

काठमाडौैं । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)की एसपी नै ठगिएको खुलेको छ । डाइटिङ र व्यायामबिनै सातामा १३ किलोसम्म तौल घटाउन सकिने ग्रिन कफी भन्दै सामाजिक सञ्जालमा भटाभट आउन थालेको विज्ञापनले एसपी पन्तको ध्यान तान्यो । सात हजार नौ सय ८० रुपैयाँमा उनले तीन सय ग्राम कफी पनि खरिद गरिन् ।

ग्रिन कफी उनले दिदीलाई खुवाउन थालिन् । ग्रिन कफीले वाकवाक लगाउने समस्या देखायो । तर, तौल घटाउने कुनै संकेत देखाएन । उनले कम्पनीको खोजी गरिन् । खुसिबुस्थित एक घरमा टिम वान सप्लायर्स प्रालि नामको कार्यालय भेटियो । सोही कार्यालयबाट ग्रिन कफी बिक्री भएको खुलेपछि प्रहरीले छापा मा¥यो । यो समाचार दृष्टि अनलाइनवाट साभार गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !