२० बैशाख २०८१, बिहिबार

त्रिवि पदाधिकारीलाई बर्खास्त नगरे कडा आन्दोलनमा उत्रिने डा. केसीको चेतावनी


२३ माघ, काठमान्डौ । डा. गोविन्द केसीले तत्काल त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई सरकारले बर्खास्त नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । न्यायिक जाचँबुझ आयोगले फर्जी मेडिकल कलेज सम्बन्धनमा त्रिवी पदाधिकारीहरुको संलग्नता रहेको प्रतिवेदन बुझाएपछि डा केसीले यस्तो चेतावनी दिएका हुन् ।

उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । उक्त प्रतिवेदन सार्वजनिक गर्न डा केसीले माग गरेका छन् । मंगलबार डा केसीले प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलका तत्कालीन पदाधिकारीहरुलाई कारवाही गर्न माग राखेका छन् । त्यसैगरी आइओएम डिनको कार्य सम्पादनमा ल्याइएको अवरोध रोक्ने, प्रधानन्यायधीश गोपाल पराजुलीले राजीनामा दिनुपर्ने तथा उनले दिएको ज्यान मार्ने धम्कीमाथि तुरुन्त छानविन गर्नुपर्ने बताएका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !