१५ बैशाख २०८१, शनिबार

विप्लव र सरकारबीच ३ बुँदे सहमति भएपछि रबि लामिछाने किन खुसि भए ?


रबि लामिछाने

काठमाडौं । पत्रकार रबि लामिछाने बिहीबार सरकारसँग तीन बुँदे सहमति निकै सकारात्मक र सुखद समाचार रहेको टिप्पणी गरेका छन् । पत्रकार रबि लामिछाने ‘विप्लव’ र सरकारबीच ३ बुदें सहमति सरकारको सत्प्रयासलाई धन्यवाद दिएका छन्।

उनले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै भनेका छन्, “निकै सकारात्मक र सुखद समाचार! “विप्लव” र सरकार बीच ३ बुदें सहमति। सरकारको सत्प्रयासलाई धन्यवाद छ, मुलधारको राजनीतिमा “विप्लव” नेतृत्वको दलको प्रवेश होस्। बधाई एवं शुभकामना।”

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !