६ बैशाख २०८१, बिहिबार

मोबाइलमा सपनाको गोप्य तस्वीरहरु भेटिएपछि विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा


सपना रोका मगर, विनयजङ्ग बस्नेत

काठमाडौं । समाजसेवी सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।

स्रोतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत गोंगबुबाट पक्राउ परेका थिए । काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए ।

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचिमा परेकी थिइन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना बीबीसीले मंगलबार सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी थिइन् ।

यो पनि पढ्नुहोस्

सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

राष्ट्रपतिलाई सपना रोकाको प्रश्न: महिला राष्ट्रपति भएको देशमा किन स-साना बालिकाहरु बलात्कृत ?

प्रधानमन्त्री ओली निवास बालुवाटारको घरको झ्यालबाट बेबारिसे बालबालिका देखिदैन : समाजसेवी सपना रोका

बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा नेपालकी १८ वर्षीया सपना रोका पर्न सफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !