१३ बैशाख २०८१, बिहिबार

बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा नेपालकी १८ वर्षीया सपना रोका पर्न सफल


सपना रोका मगर

काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना बीबीसीले मंगलबार सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी हुन् ।

तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् । उनी पछिल्लो समय बेवारिसे शव व्यवस्थापनका काम गर्दै आएकी छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !