६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओली निवास बालुवाटारको घरको झ्यालबाट बेबारिसे बालबालिका देखिदैन : समाजसेवी सपना रोका


काठमाडौं । समाजसेवी सपना रोका मगरले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा कुनैपनि बेबारिसे बालबालिका छैन भन्दै झुटो बोलेको बताएकी छन् । बीबीसीको विश्वभरि विशेष योगदान दिने १०० महिलाको सूचिमा नेपालबाट परेकी १९ वर्षीया सपनाले एक मिडियासँग कुरा गर्दै यस्तो बताएकी हुन् ।

समाजसेवी सपनाले प्रधानमन्त्री निवास बालुवाटारको घरको झ्यालबाट हेरेर सडकको बेबारिसे बालबालिका नदेखिने बताएकी छन् । समाजसेवी सपनाले बेबारिसे लास व्यवस्थापनमा ओली सरकार चुकेको समेत आरोप लगाएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !