१३ बैशाख २०८१, बिहिबार

सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ


सपना रोका मगर, विनयजङ्ग बस्नेत

काठमाडौं । सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत गोंगबुबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोका मगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको हो ।

सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका बस्नेत बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ परेका हुन् । काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !