१२ बैशाख २०८१, बुधबार

राष्ट्रपतिलाई सपना रोकाको प्रश्न: महिला राष्ट्रपति भएको देशमा किन स-साना बालिकाहरु बलात्कृत ?


सपना रोका मगर

काठमाडौँ । समाजसेवी सपना रोका मगरले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छिन् । समाजसेवी सपनाले आज राष्ट्रपति भण्डारीसँग भेटघाट गरेको आफ्नो सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएकी छिन् ।

समाजसेवी सपनाले उक्त भेटघाटमा बेवारिसे बेसहाराहरुको उचित किसिमको व्यवस्थापन साथै सरकारबाट मानवसेवाको लागि छुट्टाएको बजेड सहि ठाउँमा सदुपयो होस् जस्ता आदि विषयमा छलफल गरेकी छिन् ।

समाजसेवी सपनाले लेखेकी छिन्, “आज रास्ट्रपति ज्युसंग भेटेर बेवारिसे बेसहाराहरुको उचित किसिमको व्यवस्थापन साथै सरकारबाट मानवसेवाको लागि छुटिएको बजेत सहि ठाउँमा सदुपयोग भएको छ छैन ध्यान जाओस । र महिला रास्ट्रपति भएका देशमा किन हाम्रै स-साना बालिकाहरु बलात्कार भएर मर्नु परेको छ , संसद बिधटनमा रास्ट्रपति को सकारात्मक भुमिका लगाएतका केही कुराहरु राखेर आएको छु । आश छ पक्कै पनि मनन गरिदिनु हुने छ। “


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !