२६ बैशाख २०८१, बुधबार

आज लाग्दैछ खग्रास चन्द्रग्रहण


grahan

१७ माघ, काठमाण्डौ । बुधवार साँझ ५: ३२ बजे देखि खग्रास चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण काठमाण्डौमा भने ५: ५५ देखि देख्न सकिने नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक जयन्त आचार्यले बताए ।

‘नेपालमा आज ग्रहण लागेरै चन्द्रमा उदाउनेछ’, ‘यसलाई ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ ।’ बुधबार साँझ लाग्ने खग्रास चन्द्रग्रहण ७: १६ मध्य हुने र राति ८: ५७ मिनेटमा सकिने पञ्चाङ्गहरूले उल्लेख गरेका छन् ।

आचार्यका अनुसार यो चन्द्रग्रहण जापान, कोरिया, चीन, मलेसिया, थाइल्याण्ड तथा अष्ट्रेलियाको सिड्नीवाट अन्त्यसम्म देख्न सकिनेछ । दक्षिण अमेरिकाको ब्रालिजलगायत मुलुक र अफ्रिकाका पश्चिमपट्टिका केही देशका नागरिकले भने यो ग्रहण हेर्न पाउने छैनन् । पौराणिक मान्यताअनुसार चन्द्रग्रहण लाग्नु तीन प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्ने पं. बालमुकुन्द देवकोटा बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !