२२ बैशाख २०८१, शनिबार

४० लाख रुपैयाँ हिनामिनाको आरोपमा महेश्वर पक्राउ


civil bank

२४ पुस,काठमाण्डौ । सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई पक्राउ गरेको हो ।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले दिएकाे जानकारी अनुसार बैंकले दिएको उजुरीको आधारमा डंगोललाई पक्राउ गरिएको हाे। प्रहरीको प्रारम्भिक अनुसन्धानवाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा लगाएको खुलेको छ ।
सीआइबीले न्यूरोडस्थित कृषि विकास बैंकमा भएको ५ करोड रुपैयाँ हिनामिनाको समेत अनुसन्धान गरिरहेको छ । जसमा नेपाली सेनाका जर्नेल समेत मुछिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !