२४ बैशाख २०८१, सोमबार

डा. शर्मालाई डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश


Dr-Sashi-Sharma_20140110095624_20140122075646

२३ पुस, काठमाण्डौ । प्रा. डा. शशी शर्मालाई सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएम)को डिनमा पुनर्वहाली गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई हटाएर प्रा. डा. राकेशप्रसाद श्रीवास्तवलाई डिनमा नियुक्त गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गरेको छ ।

सरकारले ८ माघ २०७० मा डा. गोविन्द केसीको अनसनका क्रममा शर्मालाई डीनबाट बर्खास्त गरेको थियो । तर, अहिले आईओएममा जलदिशचन्द्र अग्रवाल डीन छन् । उनको नियुक्ति गैरकानुनी भएको पुष्टि गर्ने आधार नभएको र डिनको नियुक्ति अभावमा विपक्षी संस्थालाई पर्न सक्ने असलाई पनि विचार गर्नु पर्ने भन्दै सर्वोच्चले अग्रवालको नियुक्तिबारे यो मुद्दाामा बोल्न नमिल्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !