४ जेष्ठ २०८१, शुक्रबार

बाँदरलाई गोली हान्दा एक मृत्यु


banduk बन्दुक

१८ पुस, पाल्पा । बाँदरलाई गोली हान्ने क्रममा एक मानिसलाई गोली लाग्दा एक मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६, मस्यामको ६२ वर्षका धनबहादुर थापाको छत्तीवन जंगलमा गोली लागि मृत्यु भएको हो ।

३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई भन्दै हानेको गोली लागी थापाको मृत्यु भएको हो । गत सोमबार साँझ ७ः४५ बजेको समयमा जंगलमा बाँदर ठानी हानेको गोली धनबहादुरलाई लागेको कुरा प्रहरी सामु बयान दिएका छन् ।

बाँदर भनी झुक्किएर गोली चलाउँदा धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चालक बलबहादुरलाई भरुवा बन्दुक सहित पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !