२३ बैशाख २०८१, आइतबार

म्यादी प्रहरीलाई पिटी खेल्न र भीड नियन्त्रण गर्न सिकाईंदै


myadi-prahari

कात्तिक २४, सिन्धुपाल्चोक । प्रतिनिधि र प्रदेश सभाका लागि पहिलो चरणमा निर्वाचन हुने सिन्धुपाल्चोकमा सुरक्षाका लागि खटाउन म्यादी प्रहरीको तालिम भैरहेको छ ।

एक हजार ४० म्यादी प्रहरीका लागि चार ठाउँमा तालिम सञ्चालन गरिएको छ ।  सदरमुकाम चौतारा, बाह्रबीसे, मेलम्ची र नवलपुरमा तालिम सञ्चालन भैरहेको हो ।

तालिममा म्यादी प्रहरीलाई सामान्य पि.टी, निर्वाचन सुरक्षासम्बन्धि ज्ञान तथा भीड नियन्त्रण कलाबारे प्रशिक्षित गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । सिन्धुपाल्चोकको १ सय ४१ मतदानस्थल मध्ये ३१ स्थानलाई संवेदनशील स्थल मानिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !