२४ बैशाख २०८१, सोमबार

लकडाउनपछि ६६ बालबालिकाले गरे आत्महत्या


sucit

नयाँदिल्ली, २८ असार । भारतको केरलामा मार्च २५ देखि यता, अर्थात् लकडाउन सुरु भएपछि ६६ जना बालबालिकाले आत्महत्या गरिसकेका छन् । उनीहरु सबै १८ वर्ष भन्दा मुनिका थिए ।

मुख्यमन्त्री पिनारायी विजयानले बिहीबार साँझ पत्रकार सम्मेलनको क्रममा यस्तो खुलासा गरेका हुन् । साथै उनले प्रहरी अधिकारी आर श्रीलेखाको नेतृत्मा यसबारे अध्ययन गर्न विशेष समिति घोषणा पनि गरे ।

भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि देशव्यापी लकडाउन घोषणा गरेपछि ठूलो संख्यामा आप्रवासी कामदार र बालबालिका जोखिममा परेका छन् । तर लकडाउनसँगै बालबालिकाहरुसँग अभिभावकले घरमै समय बिताउन पाएका छन् । यस्तो अवस्थालाई पारिवारिक घनिष्ठता सिर्जना गर्न सकिने अवसरको रुपमा पनि विज्ञहरुले व्याख्या गरेका छन् ।

भारत सरकारले लागु गरेको लकडाउन विश्वकै सबैभन्दा लामो अवधिको लकडाउन भएको बताइन्छ । थुप्रै आलोचकहरुले भारत सरकारको लकडाउनलाई भाइरस नियन्त्रणमा पनि कामकाजी नभएको र मजदुरहरुका लागि पनि प्रत्युत्पादक भएको भन्दै आलोचना गर्दैआएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !