२५ बैशाख २०८१, मंगलबार

करिब ५० करोड ठग्ने पोखराका देवकुमारी भुजेल दम्पती जेल चलान


कार्तिक १७, कास्की |  पोखरा लेखनाथ महानगरपालिका १४ स्वागतनगर चाउथेबाट करोडौँ रुपैयाँ ठगी गर्ने दम्पतीलाई प्रहरीले  जेल चलान गरेको छ । स्याङ्जा फेदीखोला गाउँपालिका घर भइ  चाउथे बस्दै आएका ३८ वर्षी देवकुमारी भुजेल (थापा) दम्पति  ठुलो परिणाममा  रकम ठगी गरि भागेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

घडेरी पास गर्न, गाडी किन्न, घर खरिद गर्न,  अरुलाई विदेश पठाउनको लागी भन्दै  उनीहरुले  विभिन्न व्यक्तिसँग रकम ठगी गरेका थिए  ।  ठगि गरि गत भदौ १४ गते देखि फरार भएका उनीहरुलाई करिब एक महिना पछी  प्रहरीले काठमाडौंबाट पक्रेको थियो । घटनामा संलग्न देवकुमारी भुजेल थापा र उनका श्रीमान् लक्ष्यबहादुर थापा र तथा अर्का व्यक्ति  दण्डपाणि शर्मालाई प्रहरीले गत असोज १९ पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेको थियो ।

थापा दम्पतीलाई पुर्पक्षका लागि जेल चलान गरिएको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । घटनामा संलग्न भनिएका दण्डपाणि शर्मा भने रु १५ लाख धरौटी बुझाइ छुटेको प्रहरीले जनाएको छ । उनीहरुले सर्वसाधारणसँग करिब ५० करोड ठगेको उजुरी प्रहरी समक्ष परेको थियो  ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !