४ जेष्ठ २०८१, शुक्रबार

नवराजकी प्रेमिकाको बयान : दाजु र बुुबाले लखेट्दै र घेरा हाल्दै कुटपीट गरी मारेको विश्वास


नवराज विक

असार २, काठमाडौं । रुकुमको नवराज विकसहित चौरजहारी ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणले अहिले नेपालमा सामाजिक संजालदेखि सडक र सदनसम्म बहस चलेको छ । गत जेठ १० गते भएको घटनाबारेमा नवराजकी प्रेमिकाले बयान दिएकी छन् ।

प्रेमिकाले आफ्नै दाजु र बुबाले नवराज विकसहितका ६ जना युवालाई लखेट्दै र घेरा हाल्दै कुटपीट गरी मारेको पूर्ण विश्वास आफूलाई रहेको बयान दिएकी छन् । किशोरीले जेठ २७ गते दिएको बयानमा घटना भएको दिन आफू घरमै टिभी हेरेर बसेको पनि भनेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !