१४ बैशाख २०८१, शुक्रबार

लेबनानबाट सिरियाली शरणार्थी फर्के


Nepalpatra

बेरुत, २६ असार । लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ –आफ्नो घर फर्केका छन् ।

लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ ।

लेबनानी सेनाको निरीक्षणमा ती शरणार्थीहरु फर्केका बताइएको छ । फर्केका ती शरणार्थीहरुको नामावली संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोग (युएनएचसिआर) ले सिरियामा रहेका युएनएचसिआरको शाखा कार्यालयलाई जानकारी दिएको छ ।

ती शरणार्थीहरुलाई कुनै प्रकारको सहयोगको आवश्यता परेमा सो सिरियामा रहेको युएनएचसिआरको कार्यालयले सहयोग गर्ने बताइएको छ ।

लेबनानमा शरणार्थीको रुपमा दर्ता भएका सिरियाली शरणार्थीको सरकारको अनुमानित सङ्ख्या ९ लाख ७६ हजार रहेको युएनएचसिआरले जनाएको छ । तर लेबनानमा १५ लाख सिरियाली शरणार्थी रहेका छन् ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

उक्त गृहयुद्धमा अलकायदा र इस्लामिक स्टेट्स (आइएस) जस्ता आतङ्ककारी समूह हाबी हुदै गयो । उक्त आन्दोलनमा परी सन् २०११ देखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसेकेको छ ।
लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ देशभित्र र छिमेकी देशका शरणार्थीको जीवन यापन गरिरहेका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !