५ जेष्ठ २०८१, शनिबार

कोरोना विरुद्ध लड्नको लागि बेलायतले नेपाललाई थप डेढ अर्ब सहयोग गर्ने


बेलायत

२५ जेठ, एजेन्सी । कोरोना महामारी विरुद्ध लड्नको लागि बेलायतले नेपाललाई सहयोग स्वरूप थप १० मिलियन पाउन्ड अर्थात करिव डेढ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बेलायत सरकारले नेपाल सहितका विकासोन्मुख राष्ट्रहरूको सहयोगमा एक सय मिलियन पाउन्ड प्रदान गर्ने घोषणा गरेको हो ।

नेपालका लागि १० मिलियन पाउन्डसम्म मिल्ने लन्डनस्थित नेपाली दूतावासले पनि जानकार दिएको छ । यसअघि बेलायतले कोरोना विरुद्घकै अभियानमा सहयोग स्वरूप नेपाललाई ८.२ मिलियन पाउन्ड अर्थात सवा अर्ब रुपैयाँ सहयोग प्रदान गरिसकेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !