२० बैशाख २०८१, बिहिबार

रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण पुष्टि


रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिन

१९ वैशाख, काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ ।

संक्रमण पुष्टि भएपछि उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कलमा कुरा गर्दै आफू ‘सेल्फ आइसोलसन’ मा बस्ने तर खास नीतिगत कार्यमा सहभागी हुने बताएका थिए । प्रधानमन्त्री कोरोना संक्रमित भएसँगै उनको दैनिक कार्यभार आन्द्रेइ बेलोसोभले सम्हाल्ने छन्।

प्रधानमन्त्री र राष्ट्रपतिबीच केही समयअघि भेट भएको हुन सक्ने बताइएको छ। तर कुन मितिमा भेट भएको थियो भन्ने खुलाइएको छैन । कोरोना फैलिएसँगै राष्ट्रपति पुटिनले प्रत्यक्ष भेटघाटलाई कम गरेका थिए। उनले भिडियो कल मार्फत् दैनिक कार्यसम्पादन तथा बैठक बसाउँदै आएका छन् ।

उनले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि निकै सक्रियतापूर्वक काम गर्दै आएका थिएन । राष्ट्रपति पुटिनले पनि उनले महामारी नियन्त्रणको लागि गरेको कामको तारिफ गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !