२१ बैशाख २०८१, शुक्रबार

किम जोङ उनको स्वास्थ्य अवस्था क्रिटिकल, मुटुको शल्यक्रिया


किम जोङ उन

एजेन्सी, ८ वैशाख । उत्तर कोरियाका नेता किम जोन उनको मुटुको शल्यक्रिया गरिएको छ । दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाका नेताको स्वास्थ्य अवस्था नाजुक भएपछि नजिकबाट घटना नियालिरहेको दाबी अमेरिकी समाचार संस्था सिएनएनले गरेको छ ।

दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको १ सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन् । अचानक गर्नु परेको शल्यक्रियाका कारण उनको स्वास्थ्य बिग्रिएको दाबी दक्षिण कोरियाका अधिकारी र अमेरिकी गुप्तचर अधिकारीलाई उदृत गर्दै सिएनएनले गरेको छ।

तर केही संचार माध्यमले उत्तर कोरियाको राजधानी प्योङयाङमा किम जोन उनको मुटुको शल्यक्रिया भएको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख पनि गरेका छन् ।

उत्तर कोरियाका संस्थापक नेता किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने विदामा किम जोन उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो । अप्रिल १५ तारिख उत्तर कोरियामा विषेश दिन मानिन्छ।

उत्तर कोरियामा मिडियामाथि सरकारको नियन्त्रण रहेका कारण त्यहाँका गतिविधिहरु फिल्टर भएर मात्र बाहिर आउँछन् । दक्षिण कोरियाका गुप्तचर निकायको हवला दिँदै मिडियाले समाचार लेख्ने गरेका छन् । किम सार्वजनिक रुपमा नदेखिने वित्तिकै उनको स्वास्थ्य बिग्रिएको भनेर समाचार प्रकाशित हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

आप्रवासी नागरिकमाथि अस्थायी प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

कोरोना भाइरस विरुद्धको खोपको उत्पादन तथा वितरण अति चुनौतिपूर्ण : डब्लुएचओ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !