८ जेष्ठ २०८१, मंगलबार

बेलायतमा लकडाउन ३ हप्ता लम्बिने – विदेशमन्त्री राब


डोमिनिक राब

एजेन्सी, बैशाख ५। बेलायतमा लकडाउन कम्तिमा ३ हप्ताका लागि लम्बिने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिने प्रयास स्वरुप लागु भएको लकडाउन कम्तिमा थप ३ हप्ता बढाउने निर्णय भएको बेलायती विदेशमन्त्री डोमिनिक राबले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले अहिले नै लकडाउन खुकुलो बनाउनु जोखिमपूर्ण हुने निर्णयमा पुगेको बताएका हुन् ।अहिले नै लकडाउन खोल्दा मानव स्वास्थ्य र अर्थतन्त्र दुवैमा थप नकारात्मक असर पर्ने देखिएको उनले उल्लेख गरेका छन् ।

बेलायतमा बिहीबार एकैदिन कोरोना भाइरसको संक्रमण भइ अस्पताल भर्ना भएका ८६१ जनाको मृत्यु भयो । योसँगै अहिलेसम्म बेलायतमा १३ हजार ७५९ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या १ लाख ४ हजार भन्दा बढी रहेको छ ।

बेलायत गएको मार्च २३ देखि लकडाउनको अवस्थामा छ । अझै कम्तिमा ३ हप्ता मानिसहरु घर बाहिर निस्कन पाउने छैनन् । अत्यावश्यक बाहेकका व्यवसायहरु खुल्ने छैनन् । २ जना भन्दा बढी जम्मा हुन नपाउने नियम लागु छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !