२६ बैशाख २०८१, बुधबार

ट्रम्पको आदेश धेरै खतरनाक : बिल गेट्स


बिल गेट्स

एजेन्सी, वैशाख ३। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिण्डा गेट्सले अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई प्रदान गर्दै आएको आर्थिक सहायता रोकिन नहुने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको बताएपछि उनीहरुको सो कुरा आएको हो ।

ट्रम्पले मंगलबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा कोरोना भाइरसको महामारी रोक्न असफल भएको भन्दै डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बताएका थिए । त्यसमा प्रतिक्रिया दिँदै गेट्स दम्पतीले ट्रम्पको सो आदेश ‘खतरनाक’ रहेको बताएका हुन् ।

ट्रम्पको आदेश सुन्दा जति खतरनाक लागेको छ त्यसको परिणाम पनि त्यति नै जोखिमपूर्ण हुने गेट्सले उल्लेख गरेका छन् । ट्वीटरमा आफ्नो प्रक्रिया लेख्दै गेट्सले अहिले विश्वलाई डब्लुएचओको सबैभन्दा बढी आवश्यकता रहेको बताएका छन् ।

यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने बताए लगत्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले वक्तव्य जारी गरेर कुनै पनि अवस्थामा अहिले सहयोग रोक्न नहुने बताएका थिए ।

यो पनि पढ्नुहोस्

डब्लुएचओलाई गर्दै आएको सहयोग रोक्न वा कम गर्न नहुने : महासचिव संयुक्त राष्ट्रसंघ

विश्वको अर्थतन्त्र ९० वर्ष यताकै गम्भीर संकटतर्फ : अन्तर्राष्ट्रिय मुद्रा कोष

अमेरिकाले रोक्यो डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग

दक्षिण कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !