८ जेष्ठ २०८१, मंगलबार

लकडाउनको कारण गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री मोदीले मागे माफी !


Narendra-modi-m

 भारत, १७ चैत । भारतमा गत मङ्गलबार रातीबाट शुरु भएको लकडाउनको कारण दशौँलाख गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नु भएको छ । दशौ लाख मजदुरलाई परेको दुख आफूबाट नलुकेको साप्ताहिक रेडियो सम्बोधन ‘मन की बात’ नामक कार्यक्रममा उहाँले आइतबार बताउनु भएको हो ।

लकडाउन गर्नु भन्दा चार घण्टाको मात्र सूचना दिएर उक्त कडा बन्देजको घोषणा गरिएको थियो । यस कदमको भारतमा निकै आलोचना हुदै आएको छ । एक्काइसी दिनको लागि भएको लकडाउनबाट करिब एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा मजदूरहरु भोको र बेरोजगार भएका छन् ।

साप्ताहिक रेडियो सम्बोधनमा आइतवार मोदीले भन्नु भो “मलाई तपाईहरुको समस्या थाहा छ,तर कोरोनाभाइरसविरूद्ध लड्ने अर्को कुनै उपाय छैन।।। यो जीवन र मृत्युको लडाई हो र हामीले त्यो जित्नुपर्छ ।’

यसैबीच करार र दैनिक ज्यालादारीका दशौँ हजार श्रमिक प्रतिबन्धलाई तोडेर आफ्ना घर फर्किरहेका बताइएको छ । प्रहरीले अन्तर्राष्ट्रिय समाचारसंस्थालाई दिएको एक जानकारीअनुसार एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !